April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रवार र शनिवार लगाइँदै

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रवार र शनिवार लगाइँदै

असार २३, काठमाडौं ।

Advertisement

चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रवार र शनिवार लगाइने भएको छ ।पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरले सूचना प्रकाशित गरी कोरोनाविरुद्धको खोपको दोस्रो डोज लिन आग्रह गरेको छ।

Advertisement

ललितपुरमा चिनियाँ खोप भेरोसेलको दोस्रो डोज  गोदावरी नगरपालिकाका १४ वडाबाटै उक्त खोप शुक्रवार लगाइने भएको छ । खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नं १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय तथा आनन्दवन अस्पताल एवं वडा नं ११ कार्यालयबाट समेत सेवा दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सूचनामार्फत जानकारी गराएका छन् ।