July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

लगातार बढेको सुनको मूल्य प्रतितोला ९२ हजार २०० पुग्यो

लगातार बढेको सुनको मूल्य प्रतितोला ९२ हजार २०० पुग्यो

असार २३, काठमाडौं ।

सुनको मूल्य बुधबार थप ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो । मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।  तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३२० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।