July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप आउँदै

जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप आउँदै

असार २३, काठमाडौं ।

अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एण्ड जोन्सनको कोरोना भाइरसविरुद्धको खोप नेपाल आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्चालन (कोभ्याक्स)ले अनुदानमा उपलब्ध गराउने खोप नेपाल आउने भएको हो  । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उक्त खोपको १५ लाख ३४ हजार ८५० डोज नेपाल आउने निश्चित भएको छ ।

राष्ट्रपति जो बाइडेनले घोषणा गरेअनुसारको कोभ्याक्स सुविधान अन्तर्गत भ्याक्सिन आउने भएको हो । स्वास्थय मन्त्रालयले खोप आयात अनुमतिका लागि औषधि व्यवस्था विभागलाई पत्राचार गरिसकेको छ ।  हाल नेपालमा उपलब्ध खोपहरुको दोस्रो मात्र लगाउन अनिवार्य छ । तर, यो खोप एक मात्र मात्रै लगाए पुग्ने बताइएको छ ।

अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ नामक खोप मात्रै लगाइएको छ । यसअघि पनि कोभ्याक्सले पहिलो चरणमा ३ लाख ४८ हजार खोप नै ‘कोभिसिल्ड’ दिएको हो । जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने बताएको छ । उक्त खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ ।