July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

शुरुवाती ब्यावसाय आयोजना अर्थमन्त्रालयले हेर्ने, व्यवसाय गर्न १ प्रतिशत ब्याजमा ऋण दिइने

शुरुवाती ब्यावसाय आयोजना अर्थमन्त्रालयले हेर्ने, व्यवसाय गर्न १ प्रतिशत ब्याजमा ऋण दिइने

राष्ट्रिय योजना आयोगले हेर्दे आएको शुरुवाती ब्यावसाय अव अर्थमन्त्रालयले आफू मातहत ल्याएर योजना अगाडि बढाएको छ । शुरुवाती ब्यावसाय गर्नको लागि भनेर युवालाई ऋण दिने कार्यक्रमा ल्याएको सरकारले ओजना आयोगमा कार्यक्रम थन्किएपछि आफूमातहत ल्याएर नयाँ कार्यविधि बनाएको छ । यस अगाडि आयोगबाट कोरोना लगायत विभिन्न कारण देखाउँदै कार्यक्रम अगाडि बढ्न सकेको थिएन । कार्यक्रम अगाडि बढनु पर्नेमा निजी क्षेत्रले दवाव दिइनै रहेको थियो । आयोगले अर्थतीर आयोजना लैजानको लागि प्रेरित गर्दै आएको थियो ।
ढिला सुस्तीका बिच झण्डै ६ सय जना युवाले शुरुवाती ब्यावसाय संचालनको लागि दिएको आवेदन आयोगको दराजमा थन्किएर बसेको यो आयोजना अन्तत अर्थमन्त्रालय आफैले हेर्ने भएको छ । अर्थ मन्त्रालयले आफ्नै अगुवाइमा कार्यविधि निर्माण समेत गरेको छ । अर्थका सहसचिव महेश भट्टराईको नेतृत्वमा निजी क्षेत्रको समेत प्रतिनिधि हुनेगरी कार्यदलले नयाँ कार्यविधी बनाएको छ ।

अर्थले आगामी आवको बजेटमा शुरुवाती व्यवसायसम्बन्धी आइडियाको योजना नै उल्लेख गरेको छ । सोहीअनुसार कार्यविधि समेत निर्माण भएको हो । बजेट कार्यक्रममा शुरुवाती बिजनेस परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजी कर्जा उपलब्ध गराइने भनिएको छ ।

यसका लागि अर्थले १ अर्ब रुपैयाँको च्यालेन्ज फण्ड स्थापना गर्ने छ । कामदारलाई तीन महिनाको न्यूनतम पारिश्रमिकबराबरको अनुदान उपलब्ध गराई कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्न १ अर्ब रुपैयाँ बजेटमा छुट्याइएको छ । यसरी तालिम प्राप्त गर्ने प्रशिक्षार्थी कामदारलाई आधारभूत तालिम दिई सोही उद्योगमा न्यूनतम २ वर्षको रोजगारी सुनिश्चित गर्ने व्यवस्था मिलाइने गरी आयोजना अगाडि बढाउन लागिएको हो ।

कार्यविधिअनुसार १५ क्षेत्रमा स्टार्टअप व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । यस्ता छन् सुरुवाती व्यवसाय सञ्चालन गर्न पाइने क्षेत्र –

  1. विज्ञान, सूचना प्रविधि तथा सञ्चारमा आधारित उद्यम,
  2. निर्माण कार्यसँग सम्बन्धित उद्यम,
  3. निर्देशक समितिले तोकेको अन्य उद्यम
  4. परम्परागत प्रविधि वा उत्पादन प्रक्रियाको सुधारसँग सम्बन्धित
  5. अटोमोबाइलसँग सम्बन्धित उद्यम (मर्मतसम्भारबाहेक),
  6. कृषि तथा पशुपन्छीमा आधारित उद्यम,
  7. स्वास्थ्य सेवासँग सम्बन्धित उद्यम,
  8. वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्यम,
  9. वैकल्पिक ऊर्जा उत्पादन तथा वितरणसँग सम्बन्धित उद्यम,
  10. शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम (परामर्शदाता, ट्युसन सेन्टर, कोचिङ् क्लास, भाषा सिकाइबाहेक),
  11. घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने उद्यम,
  12. वातावरण संरक्षण तथा फोहोरमैलाको व्यावसायिक व्यवस्थापनसँग सम्बन्धित उद्यम,
  13. सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित उद्यम,
  14. पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम,
  15. उद्यम, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित उद्यम,