March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

शेयर बजारमा झन्डै २४ अङ्कले उछालः फाइनान्स र विकास बैंकमा लगानीकर्ता आकर्षित

असार २४, काठमाडौं ।

Advertisement

साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से २३ अंकले बढेको छ। व्यापार र अन्यबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलव ८९ अंकमा पुगेको  हो । क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४१ अंकले बढेको छ ।

Advertisement

यस दिन कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। यस दिन २२३ कम्पनीको ५१ हजार ८६८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी २ उपसमूहको परिसूचक ओरालो लागेको छ। बिहीबार सबैभन्दा धेरै फाइनान्स कम्पनीको समूहगत सवइन्डेक्स बढेको छ । फाइनास् ३ प्रतिशत भन्दा माथिले बढ्दा दोस्रोमा विकास बैंक २ प्रतिशत माथि र लघुवित्त समूह १ प्रतिशत माथिले बढेका छन् ।

यस दिन बैंकिङ १७, होटल तथा पर्यटन १४, विकास बैंक ८९, जलविद्युत ५२, फाइनान्स ६४, निर्जीवन बीमा ४, उत्पादन २३, माइक्रोफाइनान्स ६८ र जीवन बीमा समूह ४२ अंकले बढेका छन्। अन्य १२ र ब्यापार समूह २० अंकले घटेका छन्।

त्यस्तै राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको मूल्य ६ प्रतिशतले बढेको छ। जोशी हाइड्रो, घलेम्दी हाइड्रो, मल्टिपर्पोज फाइनान्स र सिभिल लघुवित्तको मूल्य ५ प्रतिशतले बढेको छ। त्यस्तै राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको मूल्य ६ प्रतिशतले बढेको छ। जोशी हाइड्रो, घलेम्दी हाइड्रो, मल्टिपर्पोज फाइनान्स र सिभिल लघुवित्तको मूल्य ५ प्रतिशतले बढेको छ।

कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको २१ करोडको सेयर किनबेच हुँदा हिमालयन डिस्टिलरीको १७ करोडको कारोबार भयो। त्यसपछि एनआइसी एसिया बैंक, निफ्रा र माथिल्लो तामाकोसी कारोबारका आधारमा क्रमशः अगाडि रहे। सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । दोस्रामो राष्ट्रिय बिमा कम्पनीको संस्थापक समूहतर्फको सेयर मूल्य प्रतिकित्ता १ हजार ८४ रुपैयाँले बढेको छ ।