July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

देउवाइतर पक्षबाट सभापतिमा साझा उम्मेदवारको खोजी, सिटौला समेत बैंठकमा

देउवाइतर पक्षबाट सभापतिमा साझा उम्मेदवारको खोजी, सिटौला समेत बैंठकमा

काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवारको खोजी गरेका छन् । वत्तीसपुलतीमा बसेको देउवाइतर समूहका सभापतिका आकांक्षीहरुको भेलाले उक्त सहमति गरेको हो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा नरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको विशेष चासो रहेको छ । सिटौला पछिल्लो समय पौडेल र कोइराला परिवारसँग छलफल गरिरहेका छन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी सहभागी थिए । उनीहरु सबैजना सभापतिका आकांक्षी हुन् ।