July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

सगरमाथा इन्स्योरेन्स्योरेन्सको साधारण सभा असार ३० गते हुँदै

सगरमाथा इन्स्योरेन्स्योरेन्सको साधारण सभा असार ३० गते हुँदै

असार २५, काठमाडौं ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले २४औं वार्षिक साधारण सभा असार ३० गते गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।

सभाले ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ र आव २०७७/७८ को लेखा परीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार १७ गते देखि ३० गतेसम्म बन्द रहनेछ । असार १६ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।