July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त बिचको एकीकृत कारोबार ३० असार बाट

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त बिचको एकीकृत कारोबार ३० असार बाट

असार २५, काठमाडौं ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तिय संस्था सँगको एकीकृत कारोबार आगामी असार ३० गते बाट गर्ने भएको छ ।नेपाल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने सन्दर्भमा गत जेठ २५ गते दुबै कम्पनीको छुट्टाछुट्टै बसेको साधारण सभाले पारित गरेको थियो ।

प्राप्ति सम्बन्धी राष्ट्र बैंक बाट गत असार १५ गते प्राप्त पत्रबाट वित्तिय संस्था प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त गरेको थियो ।अब महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाको सम्पूर्ण कारोबार नेशनल माइक्रोफाइनान्सको नाम बाट हुने छ । प्राप्ति पश्चात संस्थाको केन्द्रिय कार्यालय निलकण्ठ नगरपालिका धादिङमा हुने छ ।

एकीकृत कारोबार अघि आन्तरिक कामको लागि असार २९ गते सम्पूर्ण कारोबार बन्द हुने समेत कम्पनीले जनाएको छ । एकीकृत कारोबार नेशनल माइक्रोफइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड बाट हुने छ ।