July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

युनियन लाइफमा पहिलो दिनमै पर्‍यो मागभन्दा बढीको आवेदन

युनियन लाइफमा पहिलो दिनमै पर्‍यो मागभन्दा बढीको आवेदन

असार २५, काठमाडौं ।

आइपीओ बिक्रि खुल्ला गरेको युनियन लाइफ इन्स्योरेन्सको शेयरमा पहिलो दिन नै करिब १ गुणाले आवेदन दिएका छन् । कम्पनीको सामूहिक लगानी कोष र कर्मचारीलाई ५/५ प्रतिशत छुट्ट्याएर बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । तर पहिलो दिननै ९१ लाख ६ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त माग गरेको सेयर संख्या बिक्रीमा राखिएको ६४ लाख ५० हजार कित्ताको १।४१ गुणा बढी हो।