July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

प्रधानमन्त्री ओली हेलम्बुको अवलोकन गर्दे

प्रधानमन्त्री ओली हेलम्बुको अवलोकन गर्दे

हेलम्बु, असार २६ गते । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका गर्न गएका छन् ।

मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर सोही क्षति भएको हेलम्बु क्षेत्रको अवलोकन गरिरहेका छन् । हेलम्बुपछि मेलम्ची क्षेत्रमा पुग्नुहुनेछ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन् ।

प्रधानमन्त्री ओली मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण समेत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायतको टोली रहेको छ ।