March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लामो समयसम्म रहेको नेकपा एमालेको विवाद अब समाधान हुने

अन्ततः लामो समयसम्म विवादमा रहेको नेकपा एमालेको विवाद अब समाधान हुने भएको छ । नेकपा विवाद समाधानका लागि बनेको कार्यदलले १० बुँदे सहमतिको खाका बनाएका कारण यो विवाद साम्य हुने भएको हो । कार्यदलको खाकालाई अब नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षर गर्ने तयारीमा छन् ।
यो कार्यदलले बनाएको समहतीको खाकामा अब ओली र नेपालले हस्ताक्षर गरेपछि अन्तिम सहमति मान्ने तयारी गरिएको छ ।

यसअघि फरकधारले आइतबार विहान नै नेकपामा १० बुँदे सहमति हुने लेखेको थियो । एमाले नेता योगेश भट्टराईले कार्यदलमा आइतबार राति भएको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् । ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले भनेका छन्, ‘यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ । वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ ।’

Advertisement