April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा १८ सय जना कोरोना संक्रमित थपिँदा २० जनाको मृत्यु

असार २७, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। ९ हजार २ सय १८ जनाको परीक्षण गर्दा १ हजार ८ सय ३१ जनामा पुष्टी भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

५ हजार ५ सय ३५ जनाको आरटी पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको हो। जसमा पिसिआरबाट १ हजार २ सय ३७ जना र एन्टीजेनबाट ५ सय ९४ जना पोजेटीभ देखिएको हो।

त्यस्तै सोहि समयमा १ हजार ५ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रिय संक्रमितको सङख्या २६ हजार १ सय ७३ रहेको छ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र थप ३ सय ९१ जना संक्रमण देखिएको छ। काठमाडौंमा २ सय ६३ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा संक्रमण पुष्टी भएको हो। पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितको मृत्यु भएको छ।शनिबार २२ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ३८२ पुगेको छ।