July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप सोमबार नेपाल आउने

जोन्सन एन्ड  जोन्सनको १५ लाख डोज खोप सोमबार नेपाल आउने

असार २७, काठमाडौं ।

अमेरिकाबाट कोभ्याक्स सुविधा अन्तर्गत जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित १५ लाख ३४ हजार डोज कोरोनाविरूद्धको खोप नेपाल आउने भएको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका छन् । नेपाल सरकारका अधिकारीहरूका अनुसार उक्त खोप सोमबार नेपाल आइपुग्नेछ ।

यसअघि अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित ‘जेन्सेन एडी २६.सिओभी.२’ खोप नेपाल पठाउने जानकारी दिएको थियो। अहिलेसम्म नेपालमा भारत र चीनबाट ल्याइएका खोप दुई डोज लगाउनु पर्ने खालका छन्। तर, यो खोप एक डोज मात्र लगाए पुग्ने विज्ञहरुले बताएका छन्।

१५ लाख ३४ हजार ८५० डोज खोप आउने पक्का भएपछि स्वास्थ्य मन्त्रालयले आयात अनुमतिका लागि औषधि व्यवस्था विभागमा पत्रसमेत पठाएको थियाे। नेपालमा कोभ्याक्स सुविधा अन्तर्गत हालसम्म अक्सफोर्ड एस्ट्राजेनेको सहयोगमा भारतको सेरम इन्टिस्च्यूटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज आएको छ।