July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

नेपाल लाइफ र डिप्रोक्स लघुवित्तको बोनस शेयर सूचीकृत

नेपाल लाइफ र डिप्रोक्स लघुवित्तको बोनस शेयर सूचीकृत

पाल स्टक एक्सचेञ्ज (नेप्से)मा बोनस शेयर सूचीकृत भएको छ । आइतवार नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको ३१ प्रतिशतले हुन आउने १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता र डिप्रोक्स लघुवित्तको १५ प्रतिशतले हुन आउने १५ लाख ८ हजार १५०.३७ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

नेपाल लाइफको २०७७ माघ २७ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित ३१ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । डिप्रोक्स लघुवित्तको २०७७ चैत्र २० गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।