July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

महिला उद्यमी महासंघ र ज्योति विकास बैंकबीच सम्झौता

महिला उद्यमी महासंघ र ज्योति विकास बैंकबीच सम्झौता

असार २८, काठमाडौं ।

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सम्झौता भएको छ । ज्योति विकास बैंकले महिला उद्यमी र त्यस्ता संस्थामा काम गर्ने कर्मचारीहरूलाई विभिन्न सेवा दिने सम्बन्धि सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र महासंघको तर्फबाट अध्यक्ष रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले एफवीनमा आवद्ध व्यवसायीहरू तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरू र सहज वित्तीय सेवाहरू प्रदान गर्नेछ । साथै, ज्योति विकास बैंकले एफवीनअन्तर्गतका व्यवसायीहरूलाई डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । यो सम्झौतासँगै अब व्यवसायीहरूले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्ना ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।

त्यस्तै, बैंकले आधुनिक बैंकिङ, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त एफवीनसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउने जनाएको छ । यस बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा दिँदै आइरहेको छ ।