July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

डिम्याट खाता नविकरणको शुल्क बुझाउन सिबिआईएल क्यापिटलको आग्रह

डिम्याट खाता नविकरणको शुल्क बुझाउन सिबिआईएल क्यापिटलको आग्रह

असार २८, काठमाडौं ।

सिबिआईएल क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

सिबिआईएल क्यापिटल लिमिटेड मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरेको  हो । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।