July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

खरो स्वभावका जनार्दन शर्मा बने नयाँ अर्थमन्त्री

खरो स्वभावका जनार्दन शर्मा बने नयाँ अर्थमन्त्री

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा नेकपा माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् ।

गठबन्धन देउवा सरकारमा नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा पुसाललाई देउवा नेतृत्वको सरकारमा मन्त्री बनाउन सिफारिस गर्दा शर्माले अर्थको जिम्मेवारी पाएका हुन् । शर्मा राजनीतिक बृत्तमा खरो स्वभाबका पात्र मानिन्छन् ।

उनी उर्जा मन्त्री हुँदा कुलमान घिसिङलाई नेपाल विद्युत प्रधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेका थिए । सोही सयम देखि नेपालमा लेडसेडिङ्ग कम हुँदै गएको छ । अर्थमा पनि उनले सुधारका काम गर्ने आशा गरिएको छ ।