July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

दुई घण्टाको लफडापछि देउवाले लिए ७६ (५) अनुसार नै प्रधानमन्त्रीको शपथ

दुई घण्टाको लफडापछि देउवाले लिए  ७६ (५) अनुसार नै प्रधानमन्त्रीको शपथ

दुई घण्टाको लफडापछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीलतनिवासमा सपथ खुवाएकी हुन् । यसअघि, देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएपछि देउवाले त्यसमा आपत्ति जनाएका थिए । पत्रको भाषाबारे विवाद भएपछि शपथग्रहण कार्यक्रम दुई घण्टा धकेलिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवालाई संविधानको धारा ७६ (५) अनुसार शपथ खुवाउने सहमति पछि देउवाले शपथ लिएका हुन् । शपथ ग्रहण सुमारोहमा ‘सम्माननीय राष्ट्रपति वद्यादेवी भण्डारीले सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम साथै नेपालको संविधानको धारा ७६(५) अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा आज मिति २०७८ असार २९ गते नियुक्त गर्नु भएको छ,’ भन्ने भाषा प्रयोग गरिएको थियो ।

योसँगै देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए।त्यसपछि उनी २०५८ साल, २०६१ साल र २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् । नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।