July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

विदेशी पर्यटकलाई असार मसान्तसम्मको प्रवेशाज्ञा र जरिवाना मिनाह हुने

विदेशी पर्यटकलाई असार मसान्तसम्मको प्रवेशाज्ञा र जरिवाना मिनाह हुने

नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छूट दिइने भएको छ । कोरोना महामारीको दोस्रा लहरकाले गर्दा देशका विभिन्न स्थानमा रोकिएका पर्यटकलाई सरकारले असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क मिनाहा गर्ने भएको हो । देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको र नियमित रूपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान समेत बन्द भएकाले नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छूट दिइएको अध्यागमन विभागले जनाएको छ ।

अध्यागमन विभागले एक सूचना निकाल्दै अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छूट दिएको हो । विदेशबाट नेपाल प्रबेश गर्दा प्रतिदिन तीन अमेरिकी डलर प्रवेश शुल्क तिर्नु पर्दछ । त्यस्तै प्रवेशाज्ञा नियमित नहुँदा जरिवानाबापत दैनिक पाँच डलर शुल्क लाग्ने गरेको छ । सरकारले निधेषाज्ञाका कारण दुबै रकम छुट दिएको हो ।

नेपालमा आफ्नो बसाइ थप गर्न असार २५ गतेदेखि आवेदन गर्ने र आगामी साउन १ गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्ने बिभागले जनाएको छ । सूचनामा भनिएको छ–‘वैशाख १५ गतेसम्म नेपालको वैध प्रवेशाज्ञा भएका र असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा निजको प्रस्थानका समयमै अध्यागमन कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट निःशुल्क प्रवेशाज्ञा नियमित हुनेछ ।’