April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

सबैलाई निशुल्क खोप दिने देउवा सरकारको पहिलो निर्णय

सबैलाई निशुल्क खोप दिने देउवा सरकारको पहिलो निर्णय

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित कार्यालयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनी सथप लिएर सिंहदरवार पुगेका थिए । नवनियुक्त प्रधानमन्त्री देउवा संविधानको धारा ७६ (५) अनुसार आजै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

पदभार ग्रहण गरेपछि उनले कोभिड–१९ विरुद्धको खोप सबैलाई निःशुल्क लगाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका हुन् । देउवाले पदभार ग्रहण गरेसँगै पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकमा नवनियुक्त सबै मन्त्री उपस्थित थिए ।

Advertisement