July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

कामना सेवा विकास बैंकले एक अर्ब बराबरको ऋणपत्र जारी गर्दै

कामना सेवा विकास बैंकले एक अर्ब बराबरको ऋणपत्र जारी गर्दै

असार २९, काठमाडौं ।

कामना सेवा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रुपैयाँ बराबरको ९ ५ केएसबिबिइएल डिबेन्चर २०८८ ऋणपत्र जारी गर्ने भएको हो ।

बिक्रीप्रबन्धकको नियुक्ति सम्बन्धमा मिति २०७८, असार २८ गतेका दिन बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरे।

कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न छन् ।