July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिने

समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिने

असार २९, काठमाडौं ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामी प्रकृयाबाट विक्री खुला गरिएको ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले अवितरित हकप्रद शेयर असार २९ गतेदेखि साउन ५ गतेसम्म लिलामी प्रकृयाबाट उक्त शेयरको बिक्री खुला गरेको हो ।

यो शेयर खरीदका लागि न्यूनतम मूल्य १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले असार ३ गतेदेखि १० गतेसम्म हकप्रद अवितरित १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको थियो । सो बेला २ लाख ४५ हजार १६० कित्ता शेयर मात्र बिक्री भएपछि कम्पनीले फेरि लिलामीमा ल्याएको हो । उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र बिक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी र समृद्धि फाइनान्सका केन्द्रिय कार्यालय हेटौँडा, बुटवल, पोखरा र नारायणगढमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।