July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

देउवा प्रधानमन्त्री बन्ने भएपछि शेयर बजारले गर्यो स्वागत, रकम सुधार हुँदै साढे ५ अर्बको कारोबार

देउवा प्रधानमन्त्री बन्ने भएपछि शेयर बजारले गर्यो स्वागत, रकम सुधार हुँदै साढे ५ अर्बको कारोबार

असार २९, काठमाडौं ।

प्रधानमन्त्रीमा शेरवहादुर देउवा आउने भएपछि त्यस्लाई सेयर बजारले स्वागत गरेको छ । सोमवार बजार घटेकोमा एकाएक मंगलवार उकालो लागेको हो । विभिन्न उतारचढावका बाबजुद मंगलवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १६.३४ अंकले बढ्दै २८७१.०३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुका सेन्सेटिभ इन्डेक्स समेत ४.७४ अंकले बढेर ५३९.५१ विन्दुमा पुगेको छ ।

आज कुल २२३ कम्पनीका एक रोड २३ लाख माथिको सेयर ५३ हजार १३९ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको छ । आजको कारोबारपछि बजारको पुँजीकरण ३९ खर्ब ९३ अर्ब कायम भएको छ। जीवन बीमाबाहेकका सबै समूह बढेका छन्। सो समूह ६६ अंकले घट्यो।

यस दिन बैंकिङ १४, ब्यापार ८, होटल तथा पर्य६न १९, विकास बैंक ७०, जलविद्युत १३, फाइनान्स ९३, निर्जीवन बीमा १४, उत्पादन ५, अन्य ८ र माइक्रोफाइनान्स ३३ अंकले बढेका छन्।  सेन्ट्रल फाइनानान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र आइसिएफसी फाइनान्सको मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै रिलायन्स फाइनान्स, नेपाल बंगलादेश बैंक, छ्याङदी हाइड्रोपावरको मूल्य साढे ५ प्रतिशतभन्दा धेरैले बढ्यो।

कारोबारका आधारमा यस दिन नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४५ करोडको कारोबार भयो भने दोस्रोमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोडको कारोबार भयो।