July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगे प्रधानमन्त्री शेरबहादुर देउवा

एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगे प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् । बुधबार प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन् । प्रधानमन्त्री देउवा धन्यवाद दिन र विश्वासको मत माग्नका लागि नेपालको निवास पुगेका हुन् ।

एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा नेपाल समूहले विपक्षी गठबन्धनलाई साथ दिएको थियो । त्यसपछि नेपाल समूहका २६ जना सांसदको समर्थन लिएर नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

मंगलबार राति प्रधानमन्त्रीको सपथ ग्रहण गरेका देउवाले अबको एक महिनाभित्र विश्वासको मत पाउनुपर्ने हुन्छ । त्यसैका लागि प्रधानममन्त्री देउवा नेपाल निवास कोटेश्वरमा भेटघाटका लागि पुगेका हुन् ।