April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

विद्यार्थी संगठनको दवावमा घट्यो इन्धनको मूल्य , नयाँ मूल्य कति ?

विद्यार्थी संगठनको दवावमा घट्यो इन्धनको मूल्य , नयाँ मूल्य कति ?

काठमाडौँ, असार ३०
शेरवहादुर देउवा नेतृत्वको सरकारले आफू प्रधानमन्त्री भएको भोलिपल्टै इन्धनको मूल्य घटाएको छ । मूल्यवृद्धिका विरुद्ध नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गराएपछि तेलको मूल्य घटाउन निगम बाध्य भएको हो ।
मूल्य घटाउन निगम बाध्य हुनुको कारण हिजोका प्रतिपक्ष दलका भागिनी संगठन आन्दोलनमा उत्रनु अनी उनीहरुकै माउ पाटी सत्तामा आउनु मुख्य रहेको छ । आन्दोलनरत पाँच विद्यार्थी संगठनसँगको वार्तापछि निगम मूल्य घटाउन सहमत भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले तीनै थरी इन्धनमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।
यस अगाडि एकै बर्ष १५ पल्टसम्म तेलको मूल्य केपी शर्मा ओली नेतृत्वको सरकारले बढाएको थियो । मूल्य घटेसँगै अब पेट्रोल पतिलिटर १२८ रुपैयाँ, डिजेल र मटिट्तेल प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ ।

Advertisement