July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

सरकारले २० देखि २८ प्रतिशतसम्म बढायो सवारी भाडा (सूचनासहित)

सरकारले २० देखि २८ प्रतिशतसम्म बढायो सवारी भाडा (सूचनासहित)

असार ३०, काठमाडौं ।

सरकारले लामाे दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । यातायात व्यवस्था विभागले आज सार्वजनिक गरेको सूचनाअनुसार २८ प्रतिशतसम्म गाडी भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार २७ गते सहमति दिएको थियो ।

विभागले हिजो २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ । नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशत बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ । बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ ।