July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

लक्ष्यको ९० दशमलव ६४ प्रतिशत राजस्व संकलन

लक्ष्यको ९० दशमलव ६४ प्रतिशत राजस्व संकलन

सरकारले गत आर्थिक बर्ष २०७७–०७८ को अन्तिम दिनसम्ममा कुल लक्ष्यको मात्र ९० दशमलव ६४ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यलयका अनुसार बुधवारसम्मा उक्त परिमाणको राजस्व संकलन गरेको हो । महालेखाका अनुसार ९ खर्ब १७ अर्ब बराबारको राजस्व संकलन भएको हो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्बको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ८ खर्ब ५२ करोड रुपैयाँ कर राजस्व संकलन भएको हो । बाँकी गैरकर राजस्वबाट ६४ अर्ब रुपैयाँ उठेको छ ।

गत वर्ष सरकारले राजस्व संकलनको लक्ष्यको ७१ प्रतिशतमा मात्रै पूरा गरेको थियो । गत वर्ष सरकारले कर राजस्वको लक्ष्य ६९ प्रतिशत मात्रै पूरा गरेको थियो भने गैरकर राजस्वको लक्ष्य भने ९१ प्रतिशत पुगेको थियो । यस्तै गत वर्ष सरकारले अनुदान खर्च गर्ने क्षमता ३१.७६ प्रतिशत पुगेको थियो । सरकारले लक्ष्य अनुसार गत वर्ष कुल सरकारी बजेट खर्च ७३.४८ प्रतिशत पुगेको थियो । सरकारले गत आवमा अनुदानको रकम प्रयोग करिब ३४ प्रतिशत पुगेको छ । यस्तो अनुदान रकम लिएर खर्च गर्ने लक्ष्य जम्मा ६० अर्ब ५२ करोड गत आव २०७७÷७८ को लागि भएपनि लक्ष्यभन्दा करिब ६६ प्रतिशत कम मात्रै अनुदान रकम खर्च गर्न सकेको छ ।