April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

अर्थतन्त्र चलायमान बनाउन पहिला खोपको ब्यावस्था गर्न वाणिज्य महासंघको प्रधानमन्त्रलाई सुझाव

अर्थतन्त्र चलायमान बनाउन पहिला खोपको ब्यावस्था गर्न वाणिज्य महासंघको प्रधानमन्त्रलाई सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले आर्थिक क्षेत्र चलायमान राख्नको लागि पहिला खोपको ब्यावस्था गर्न माग गरेका छन् । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन पुगेको अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले आर्थतन्त्र चलायमान बनाउन पहिला खोपको ब्यावस्था गर्न माग गरेका हुन् । प्रधानमन्त्री देउवालाई बधाई दिदै उनीहरुले कोरोना संक्रमणका कारण गर्नु परेको बन्दले गर्दा थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

साथै महासंघका तर्फबाट साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्नको लागि ध्यानाकषर्ण गराएको छ ।

महासंघसंगको भेटवार्तामा प्रधानमन्त्री देउवाले समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले निजी क्षेत्रलाई कोरोनाको खोप प्रथमिकतामा राख्न आफू तयार रहेकोले निधक्कसँग ब्यापार ब्यावसाय अगाडि बढाउन आश्वासन दिएका छन् ।

Advertisement