March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पुँजीगत खर्च लक्ष्यको ६४ दशमलव ५३ प्रतिशत, अन्तिम हप्तामा मात्रै २३ प्रतिशत खर्च

पुँजीगत खर्च लक्ष्यको ६४ दशमलव ५३ प्रतिशत, अन्तिम हप्तामा मात्रै २३ प्रतिशत खर्च

कोरोना संक्रमणको महामारी पछि भएको निषेधाज्ञा र राजनैतिक अस्तिरताले गर्दा सरकारले लक्ष्य अनुसारको पूजीगत खर्च गर्न सकेन । गरेको बजेट पनि समयमा बजेट खर्च गर्न नसक्दा यस वर्ष धेरै आयोजना असारे विकासका रुपमा सकिएका छन् ।

Advertisement

सरकारले गत आर्थिक वर्ष २०७७÷०७८ मा ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । जसमा आर्थिक वर्ष सकिँदा जम्मा २ खर्ब २७ अर्ब मात्र खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो रकम ६४ दशमलव ५३ प्रतिशत बराबरको मात्र हो । अघिल्लो आर्थिक २०७६÷०७७ मा भन्दा ३६ अर्बले पुँजीगत खर्च बढेपनि संशोधित लक्ष्यअनुसारको खर्च नभएको हो ।

Advertisement

बजेट खर्च गर्न मिल्ने अन्तिम दिन अर्थात् गत बुधबार मात्रै सरकारले १५ अर्ब ९७ करोड रुपैयाँ बराबरको पुँजीगत खर्च गरेको छ । कानुनी रुपमा २५ गते पछि अति आवश्यकबाहेक अन्य चेक काट्न नपाइने भएपनि संघीय सरकारले खर्च गरेको हो । त्यसो त सरकारले अन्तिम एक हप्तामा मात्र २३ प्रतिशत रकम खर्च गरेको छ । सरकारले ५२ अर्ब ४९ करोड रुपैयाँ रकम अन्तिम हप्तामा खर्च गरेको महालेखाले जनाएको छ । सरकारले कुल बजेटको ३७ प्रतिशत खर्च असारमा गरेको छ । जुन रकम ८४ अर्ब ६४ करोड रुपैयाँ हुन आउँछ ।

यसअघि सरकारले प्रतिदिन औषत ४२ करोड ८४ लाखका हिसाबले खर्च गर्दै आएको थियो । यस्तै सरकारले ८९ दशमलव ७३ प्रतिशत अर्थात् ८ खर्ब ५१ अर्ब रुपैयाँ चालु तथा ५८ दशमलव ४४ प्रतिशत अर्थात् १ खर्ब वित्तीय व्यवस्थापन गरेर कुल ८० दशमलव ०३ प्रतिशत अर्थात् ११ खर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ ।

अघिल्लो वर्ष सरकारले कुल १० खर्ब ९४ अर्ब रुपैयाँ खर्च गरेको थियो । जसमा चालुतर्फ ७ खर्ब ८६ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब १६ अर्ब खर्च भएको थियो ।