July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

नयाँ भाडा बृद्धिः उपभोक्तामाथि ज्यादतीपूर्ण तवरले महँगीको मार (सूचीसहित)

नयाँ भाडा बृद्धिः उपभोक्तामाथि ज्यादतीपूर्ण तवरले महँगीको मार (सूचीसहित)

केपी ओली सरकारले आफू विदाई हुने अन्तिम समय यातायातको भाडा बृद्धि गरेर विदाई भएको छ । सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियमको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा २० देखि २८ प्रतिशतसम्म भाडा बढेको हो । यातायात व्यवस्था विभागले असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको मन्त्रिस्तरीय निर्णय अनुसार भाडा बढेको हो । असार ३० गतेबाट यात्रुवाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराइमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा वृद्धि गरेको हो ।

नेपालको संविधान २०७२ को अनुसूची ५ को बुँदा नं २० र अनुसूची ९ को बुँदा नं १५ का आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

आम जनता र प्रशासनलाई समेत जानकारी नै नभै सीमित ब्यापारीको स्वार्थमा लागेर सरकारले भाडा बृद्धि गर्दा त्यस्को मार आम उपभोक्तालाई पर्ने गरेको छ । सरकारले एकै पटक २८ प्रतिशतसम्म भाडा बृद्धिगर्दा कुनै समुह बोलेको छैन् । यातायातको भाडा सामान्य बढ्दा पनि त्यसले भान्सासम्मै असर पर्छ । महामारी र बेरोजगारीको दोहोरो चपेटामा रहेका उपभोक्ताको पक्षमा अहिले कुनै दलले मुख खोलेका छैनन् । हुँदाहुँदा नयाँ सरकार समेत जनतालाई राहत दिनभन्दा अघिल्लो सरकारको निर्णयप्रति मौन बसेको छ ।

तीन वर्षअघि मात्र १० प्रतिशत भाडा बढाएको सरकारले अहिले फेरि भाडाको मूल्य बढाएको छ । त्यस्मा पनि इन्धनको मूल्य बढेकाले भाडा वृद्धि गर्नुपरेको तर्क गरेको छ । तर व्यवसायीलाई रिझाउन सम्पूर्णरुपमा उपभोक्तामाथि आर्थिक भार थोपर्ने र आफू जिम्मेवारीबाट पन्छिने नीति सरकारले लिएको स्पष्ट हुन्छ ।

खासगरी ढुवानी भाडा बढ्दा त्यसको सबैभन्दा बढी असर उपभोग्य वस्तुमा पर्छ । सबै उपभोग्य वस्तु महंगिन्छन् । उपभोक्ताले महंगीको मार सहनुपर्छ । भाडा वृद्धिको असर भान्सासम्मै पर्ने छ । निर्माणजन्य सामग्रीको भाउ पनि बढ्छ । यसले सरकारी आयोजनाको लागत पनि बढ्छ । वस्तुको मूल्यमा ढुवानीको हिस्सा २० प्रतिशतसम्म हुन्छ । कोभिडका कारण यातायात क्षेत्र नराम्ररी थलिएको छ । थलिएका व्यवसायीलाई सहुलियत दिनु सरकारको जिम्मेवारी हो । सहुलियतपूर्ण ऋणदेखि ब्याज अनुदान लगायत राहत प्याकेज ल्याउने वैकल्पिक उपाय हुँदाहुँदै अस्वाभाविक भाडा बढाएर सरकारले उपभोक्तामाथि ज्यादतीपूर्ण तवरले महँगी बढाउने निर्णय लिएको छ ।

सरकारले बुधबारदेखि लागू हुने गरी ढुवानी र लामो दूरीका यात्रु बोक्ने गाडीको भाडा २८ प्रतिशतसम्म बढाएको हो । जसअनुसार काठमाडौंबाट बैतडी जाने यात्रुले २२ सय ३८ रुपैयाँ भाडा तिर्नुपर्छ । यसअघि १७ सय ८४ रुपैयाा तिरे पुग्थ्यो । लामो दूरीका सबै गन्तव्यको भाडा बढाइएको छ । एसी सुविधा भएका र डिलक्स बसले सरकारले तोकेको भाडामा अतिरिक्त २० प्रतिशत असुल्छन् ।

Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-03-14-022