April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

गण्डकी सरकारले कुल बजेटको ७३ प्रतिशत गर्यो बजेट खर्च

गण्डकी सरकारले कुल बजेटको ७३ प्रतिशत गर्यो बजेट खर्च

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा ७३ प्रतिशत बजेट खर्च गरेको छ । राजनैतिक अस्तिरता, कोरोनामा महामारीको चपेटाका बाबजुत २५ अर्ब ७४ करोड १४ लाखरुपैयाँको प्रदेशको बजेट खर्च गरेको जनाएको छ ।

Advertisement

कुल ३४ अर्ब ८४ करोड २१ लाख रुपैया खर्च अनुमान गरेपनि कोरोनाले गर्दा पनि २७ प्रतिशत अर्थात ९ अर्ब १० करोड ७ लाख रुपैयाँ खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

Advertisement

प्रदेशको पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख विनियोजन गरेकोमा १७ अर्ब ६१ करोड ४४ लाख बजेट खर्च भएको जनाएको छ । त्यस्तै चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख विनियोजन गरेको हो । जसमध्ये ८ अर्ब १२ करोड ६९ लाख खर्च गरेको छ ।

वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रदेशमा सबैभन्नदा बढी भौतिक पूर्वाधार मन्त्रालयबाट करिब ८२ प्रतिशत बजेट खर्च गर्न सफल भएको हो ।