April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रसुवा नाकाबाट लक्ष्यको ४८.९ प्रतिशत मात्र राजस्व संकलन

रसुवा नाकाबाट लक्ष्यको ४८.९ प्रतिशत मात्र राजस्व संकलन

रसुवा । कोरोना महामारीको प्रभाव रसुवाको राजस्व संकलनमा गरेको छ । कोरोना भाइरसको कारण आयात निर्यात सहज नहुँदा रसुवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ को लक्ष्यको ५० प्रतिशत राजस्व पनि संकलन गर्न सकेको छैन् ।

रसुवा नाकाले ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार राजस्व संकलन गरेको छ । लक्ष्य भने ७ अर्ब २४ करोड ३३ लाख २२ हजार राजस्व संकलन गर्ने यो लक्ष्यको ४८.९ प्रतिशत मात्र हो ।

बिगतमा रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आयात तथा २० भन्दा बढी कन्टेनरहरु निर्यात हुँदै आएकोमा कोरोनाका कारण त्या पनि ठप्प भएको थियो । हाल पनि नाकाबाट कम मात्र परिमाणमा कन्टेनर नेपाल आयात हुने गरेका छन् । हाल दैनिक ८ देखि १० कन्टेनर मात्र नेपाल आउने गरेका छन् । यस्ले पनि राजस्वमा भारी कटौती भएको हो ।

Advertisement