July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

चीनले नेपाललाई थप १६ लाख खोप अनुदानमा दिने

चीनले नेपाललाई थप १६ लाख खोप अनुदानमा दिने

चीनले नेपाललाई थप १६ लाख डोज खोप दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासितको भेटमा थप खोप दिने बताएकी हुन् ।
प्रधानमन्त्री देउवालाई बधाई दिन बालुवाटार पुगेकी यान्छीले नेपाललाई थप सहयोग स्वरुप उत्त खोप दिने बताएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ राजदूतले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई थप सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।
नेपालमा ओली सरकार आएसँगै चीन सकृय भूमिकामा रहेको छ । थप सकृयताका लागि गठबन्धन निर्माणमा भूमिका खेलेका दुई शीर्ष नेतालाई भेटेर देउवालाई भेटनसँग भेटवार्ता गरेकी छन् । उनले प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी हुन् ।

प्रचण्ड र एमाले नेता नेपालसँग भएको भेटमा भने चिनियाँ राजदूतले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गरेकी थिइन् । नेपालको ‘राजनीतिक कोर्स’ अब कसरी अगाडि बढ्छ भन्ने पनि उनको चासो रहेको स्रोतले बतायो ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन ल्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा पहिलोपटक प्रतिनिधिसभा भंग गरेपछि नेपालको राजनीतिक अवस्था बुझ्न चीनले एक उच्चस्तरीय राजनीतिक टोली नै पठाएको थियो ।