July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

संघीय संसदको अधिवेशन बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसदको अधिवेशन बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ–सर्वोच्च अदालतले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई पर्नुस्थापित गरेपछि आज पहिलो पटक प्रतिनिधिसभा बैठक बस्दैछ । सर्वोच्च अदालतको आदेशानुसार मन्त्रिपरिषदको सिफारिसले राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदका दुबै सदनको अधिवेशन अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।

संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक भएको कार्यसूचीअनुसार अपरान्ह ४ बजे बैठक बस्ने छ । बैंठककको शुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयले पठाएका प्रतिनिधि सभाको अधिवेशन आह्वान र मन्त्रिपरिषद बैठकबारेको पत्र पढेर सुनाउने छन् ।

त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्य र निधन भएका पूर्व सांसद तथा संविधानसभा सदस्यको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने छ ।

यस्तो छ सम्भावित कार्यसूची