April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एनआरएनएको साधारणसभा अक्टोबरमा हुने, निर्वाचन अनलाइन प्रणालीबाटै

एनआरएनएको साधारणसभा अक्टोबरमा हुने, निर्वाचन अनलाइन प्रणालीबाटै

गैरआवासीय नेपाली सघ (एनआरएनए)को १० औँ साधारणसभा आगामी अक्टोबर २३ देखि २५ (२०७८ कात्तिक ६–८) मा आयोजना हुने भएको छ सघको शनिबार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सघको १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आगामी अक्टोबर २३ देखि २५ (२०७८ कात्तिक ६–८) गतेसम्म आयोजना गर्ने निर्णय गरेकोे हो । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ ।

बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली, एनआरएन फाउण्डेशन संशोधन गरेको छ । त्यस्तै बैठकले आर्थिक वर्ष २०७८÷७९ को बजेटसमेत पारित गरेको जनाएको छ । यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताए ।

अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ ।

Advertisement