April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एमालेको स्थायी कमिटी बैंठक बस्दै, प्रतिनिधिसभामा प्रस्तुत हुने रणनीति बनाउने

एमालेको स्थायी कमिटी बैंठक बस्दै, प्रतिनिधिसभामा प्रस्तुत हुने रणनीति बनाउने

नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्ने भएको छ । सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुर्नस्थापित प्रतिनिधिसभा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ । तामाङका अनुसार बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ ।

तर अध्यक्ष ओलीले कार्यदलको सहमतिलाई अनुमोदन गरेर अघि बढेकाले अब बैठकमा सहभागी भएर पार्टी काममा लाग्ने बाटो खुलेको जवाफ दिएका छन् । सहमतिका लागि भन्दै पार्टीको बैठक अब नरोकिने उनले अडान लिएका छन् । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ । यसका लागि केन्द्रीय कमिटी बैठक एमालले सोमबार बोलाएको छ ।

Advertisement