March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

‘सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्नुको अर्काे विकल्प छैन्’’–देउवा

‘सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्नुको अर्काे विकल्प छैन्’’–देउवा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताएका छन् । प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दे उक्त कुरा बताएका हुन् ।

Advertisement

देउवाले विश्वासको मत माग्दै केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिएका छन् ।
‘विगतमा भएका राम्रा कामको निरन्तरता दिँदै कमी कमजोरी सुधार्दै जानुपर्ने छ,’ प्रधानमन्त्री देउवाले भने, ’साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएका केपी शर्मा ओलीजीलाई पनि म धन्यवाद दिन चाहन्छु ।’

Advertisement

ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताएका छन् ।  प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरे ।
कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र प्रतिपक्ष सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताएका छन् । कोभिड १९ लोकतन्त्रको चुनौती रहेको उनले बताए । ‘गरिबी र बेरोजगारी जस्ता चुनौती पनि छन ।
प्रधानमन्त्री देउवाले राजनीतिक दलहरु एकअर्काका सत्रु नभएको पनि बताएका छन् । ‘हामी राजनीतिक दलहरु एकअर्काका सत्रु होइनौं,’ उनले भने, ‘हाम्रा साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौं भन्ने भावनाका साथ काम गर्नुपर्नेछ ।’ उनले भने,‘ हामी सबैले मिलेर राम्रो काम गर्नु पर्दछ भन्न चाहन्छु । राजनीति दल एक अर्काका शत्रु होइनौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । ‘दिनहुँ संक्रमण बढिरहेको छ । दैनिक रुपले मानिसहरु मरिरहेका छन् । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ संसद्मा विश्वासको मत माग्दै उनले भने,‘कोभिड १९ को रोकथामका लागि अहोरात्र खट्ने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । कोभिड १९ को प्रकोपबाट जोगाउनु यो पहिलो प्राथमिकता प्राथमिकता हा । नियन्त्रणका लागि सबै उपायहरु अबलम्बन गर्ने प्रतिबद्धता गर्दछु ।’

उनले देशमा सुशासन कायम गर्नुपर्नेमा पनि जोड दिएका छन् । ’देशमा सुशासन कायम गर्नुछ । यसका लागि सरकार, प्रमुख प्रतिपक्षी, सबै राजनीतिक दलहरुबीच निरन्तर संवाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक हुन्छ,’ देउवाले भने, ‘यसका लागि म सदैव प्रयत्नशील रहने छु ।’