July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

एन आइ सी एशियाको स्वमित्वमा रहेका तिन कम्पनीको शेयर बिक्रीमा

एन आइ सी एशियाको स्वमित्वमा रहेका तिन कम्पनीको शेयर बिक्रीमा

साउन ३, काठमाडौं ।

एन आइ सी एशियाको स्वमित्वमा रहेको तिन कम्पनीको संस्थापक तर्फको शेयर बिक्री हुने भएको । जस अन्र्तगत आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १९ हजार ६५ बित्त शेयर बिक्री हुने भएको छ । जसको प्रति कित्ता न्यूनतम मूल्य रु.४८१ तोकेको कम्पनीले जनाएको छ ।

यस्तै मेरोमाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि आफ्नो संस्थापक तर्फको शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रती कित्ता रु.५४१ रुपैयाँ मूल्य तोकी १ लाख ६ हजार ३९ कित्ता शेयरको आवेदन खुला गरेको छ । उता सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले पनि संस्थापक तर्फको शेयरमा आवेदन खुला गरेको छ । कम्पनीले प्रति कित्ता रु.१ हजार २२१ रुपैयाँ मूल्य तोकी जम्मा ३ लाख ५० हजार ३६९ कित्ता शेयर बिक्री गर्ने भएको हो ।

यसरी बिक्री हुन लागेको शेयर अन्र्तरगत आरएमडीसी लघुवित्त र मेरोमाइक्रो फाइनान्सको शेयरको खरिदको लागी एन आई सी एशिया क्यापिटल बबरमहल काठमाडौंमा आवेदन पेश गर्न सकिने छ भने सिटिजन इन्भेष्टमेन्ट ट्रष्टकाको हकमा भने एन आई सी एशिया क्यापिटल बबरमहलका साथै   विराटनगर,आदर्शनगर वीरगंज,महेन्द्रपुल पोखरा, श्रवणपथ बुटबल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतमा पनि आवेदन पेश गर्न सकिने छ ।  आवेदन आज (साउन ३ गते) देखि आगामी साउन १५ गते सम्म पेश गर्न सकिने कम्पनीहरुले जनाएका छन् ।