July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

नेपालको राजनीतिमा ट्वीस्टः जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

नेपालको राजनीतिमा ट्वीस्टः जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

नेपालको राजनीतिमा नयाँ ट्वीस्ट आएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि राजनीति नयाँ धुव्रमा गएको हो ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । छलफलमा प्रम देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएका थिए । देउवाको आश्वासन पछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ’ अरगरियाले भने, ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’
जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ । जसपाका ३२ जना सांसद रहेका छन् ।

कांग्रेस, माओवादी र जसपाका सबै सांसदको संख्या एक सय ४१ हुन्छ। सभापति देउवालाई राष्ट्रिय जनमोर्चाले पनि सघाउने निर्णय गरिसकेको छ। राष्ट्रिय जनमोर्चासँग एक जना प्रतिनिधि सभा सदस्य छन्। संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।