July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन, सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन, सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन

साउन ४, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु गरिएको अमेरिकी खोप जोनसनको खोप लगाउने अभियानको अनुगमन गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेका हुन् ।

जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर देउवाले आजबाट जोनसन एण्ड जोनसनको खोप शुभारम्भ गरेका हुन्। सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए।

आजबाट ५० देखि ५४ वर्षसम्मका नागरिकलाई जोन्सन एन्ड जोन्सनको खोप लगाउन थालिएको छ। यो खोप एक डोज दिए पुग्छ। अमेरिकाले अनुदानमा १५ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप दिएको थियो। देउवाले सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताउदै खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि दिएका छन् ।