July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

सानिमा लाइफ इन्सुरेन्स र मानुषी लघुवित्तलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

सानिमा लाइफ इन्सुरेन्स र मानुषी लघुवित्तलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति
साउन ४, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्सुरेन्स र मानुषी लघुवित्तलाई आइपीओ बिक्री अनुमति दिएको छ । जसमा सानिमाले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
सानिमा लाइफले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ । केयर रेटिङ नेपालले सानिमा लाइफलाई “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।
यता, मानुषी लघुवित्तलले पनि नेपाल धितोपत्रबाट आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । बोर्डले मानुषीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।