ओली पक्षका आठ सांसादले दिए देउवालाई मत, को हुन ती सांसद ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट आठ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । स्थायी कमिटी र संसदीय दलको निर्देशनको उल्लंघन गर्दै उनीहरुले देउवा सरकारलाई विश्वासको मत दिएका हुन् । स्थायी कमिटी बैठकले विश्वासको पक्षमा मत दिए पार्टीमा कुनै स्थान नरहने भन्दै दिएको चेतावनीका बाबजुद उनीहरूले देउवालाई समर्थन गरेका हुन् ।
समर्थन गर्नेहरूमा ओलीको मन्त्रिपरिषदमा सदस्यसमेत बनेका प्रेम आलेसहित कृष्णकुमार (किसान) श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम, हीराचन्द्र केसी, सुमिना हुसेन, विना बुढाथोकी र पार्वती विशुंखे रहेका छन् ।
देउवालाई विश्वासको मत दिने एमालेका अन्य संसद
माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, हिरा केसी, गोपाल बम श्रेष्ठ, सरला यादव श्रेष्ठ, पुष्पाकुमारी कर्ण श्रेष्ठ, लक्ष्मी चौधरी, निरादेवी जैरु श्रेष्ठ, रामकुमारी झाँक्री श्रेष्ठ, कलिला खातुन श्रेष्ठ र कृष्णलाल महर्जन । उनीहरूसहित २२ सांसदले देउवालाई विश्वासको मत दिएका हुन् ।
एमालेको नेपालपक्षीय सांसदहरू योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दीपक भट्ट, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, राजबहादुर बुढा, झपट रावल र नारायण खतिवडाले देउवालाई विश्वासको मत नदिएका हुन्।
प्रतिकृया दिनुहोस्