March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दे राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः पाँच अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । यही आउँदो भद्रै १ गते र आगामी कात्तिक २ गते परिपक्क हुने टे«जरी विक्रीको लागि खोलिने भएको हो । जारी मिति साउन ५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा पुरानो नवीकरणअन्तर्गतको ट्रेजरी बिल बिक्री गरिने छ ।
बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको २० करोड रुपैयाँको रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि यही असार २९ गते पनि राष्ट्र बैंकले २२ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो  । यसअघि यही असार २९ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Advertisement