April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

प्रत्यक्ष वैदेशिक लगानीमा ३७.३ प्रतिशतले कमी, शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा

काठमाडौं‐ चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानीमा ३७.३ प्रतिशतले कमी आएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सात महिनाको मुलुकको आर्थिक अवस्थामा आयात बढेको देखिएको हो । गत आवको सात महिनामा १४ अर्ब ३८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो।

Advertisement

चालू आवको सात महिनामा नौ अर्ब दुई करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ। गत वर्षको तुलनामा नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ३६ करोड रुपेयाँले घटेको राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको समग्र अर्थतन्त्रको अवस्थामा उल्लेख छ।

Advertisement

राष्ट्र बैंंकले मंगलबार जारी गरेको चालू आथिृक वर्षको सात महिनाको देशको आर्थिक अवस्थाअनुसार माघसम्म देशको शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा थियो। माघसम्ममा देशमा १४ खर्ब ६२ अर्ब तीन करोड रुपैयाँ विदेशी विनियम सञ्चिति छ। यो गत असारको भन्दा ४.३ प्रतिशतले मात्र वृद्धि भएको हो। गत असार मसान्तसम्ममा नेपालमा १४ खर्ब एक अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो।

त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेर सात खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो। माघमा चालू खाता एक खर्ब एक अर्ब ९० करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ६ अर्बले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।

चालु आर्थिक बर्षको पुस महिनासम्म घट्दो दरमा रहेको नेपालको आयात माघ महिनामा आइपुग्दा बढेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो सात महिनाको तुलनामा यस बर्ष माघसम्म आयातमा शुन्य दशमलव ०१ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो बर्ष सोही अवधिमा आयात तीन दशमलव  छ प्रतिशतले घटेको थियो भने चालु आर्थिक बर्षको पुससम्म पनि आयात घट्दो दरमा रहेको थियो । तर, नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सात महिनाको मुलुकको आर्थिक अवस्थामा आयात बढेको देखिएको हो । 

माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशतमा सीमित बनेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो। यो हिसाबले मुद्रास्फीति ४.१७ प्रतिशतले घटेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ। २०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरु उपसमुहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ।