July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

एनएमबी बैंकद्धारा ‘एनएमबी सापटी २.०’ सेवा सुरु

एनएमबी बैंकद्धारा ‘एनएमबी सापटी २.०’ सेवा सुरु

साउन ४, काठमाडौं ।
एनएमबी बैंकले एनएमबी सापटी २.० आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । उक्त सुविधा लिन बैंकमा नआई मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र प्राप्त गर्न सकिनेछ । यसअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटल रूपमै गर्न सकिने बैंकले बताएको छ ।

एनएमबीमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाखसम्म तुरुन्त कर्जा उपलब्ध गराइनेछ । ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनोट गर्न सक्नेछन् ।