July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने ओलीको प्रस्ताव

देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने ओलीको प्रस्ताव

साउन ४, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव पेश गरेका छन् । एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले देउवालाई विश्वासको मत दिनेलाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरेका हुन् ।

ओलीको प्रस्तावको स्वागत गर्दै बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले  जानकारी दिए । एमाले केन्द्रीय कमिटीको बैठक च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको हो ।आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका थिए। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका थिए भने  नेपालनिकट १० सांसद तटस्थ बसेका थिए।

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका थिए। केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। त्यस्तै तनहुँ-१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका थिए। माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका थिए।