July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

‘थोरै जनाबाट धेरै दरमा कर उठाउने हैन, धेरै जनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना चाहियो’

‘थोरै जनाबाट धेरै दरमा कर उठाउने हैन, धेरै जनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना चाहियो’

अर्थमन्त्री जनार्दन शर्माले थोरै जनाबाट धेरै शिर्षकमा कर उठाएको प्रति असन्तुष्टि जनाएका छन् । मन्त्रालयको आन्तरिक ब्रिफिङको क्रममा मन्त्री शर्माले बजारमा थोरैबाट धेरै शिर्षकमा राजस्व संकलन गरेको पाइएकोले त्यस्को समाधानको लागि नयाँ विकल्प खोज्न निर्देशन दिएका हुन् राजश्व व्यवस्थापन महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले आयोजना गरेको आन्तरिक ब्रिफिङको क्रममा मन्त्री शर्माले भने, ‘थोरै जनाबाट धेरै दरमा कर उठाउने हैन, धेरै जनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना चाहियो ।’

मन्त्री शर्माले कर तिर्ने समय विभिन्न झण्झट बोहोर्नु परेको बाहिर आएकोले गर्दा त्यस्ता प्रबाधान हटाएर छिटो छरितो प्रकृया अबलम्न गर्न भनेका छन् । शर्माले भने ‘कर तिर्नको लागि करदाताले वाक्कलाग्दो झण्झट बेहोर्नुपरेको कुरा मैले सुन्ने गरेको छु यो अवस्थाको अन्त्य गर्नुस् ।’
मन्त्री शर्माले करको दायरा विस्तार गरी करको दर घटाउनतिर मेहेनत गर्नुपर्नेमा जोड दिए । उनले कर प्रशासनलाई करदातामैत्री बनाउ पनि निर्देशन दिए ।

‘कर प्रशासन जनताको शासक नभई सेवक हो । सोही अनुसारको अनुभूति आम जनताले पाउँनु पर्छ ।’ मन्त्री शर्माले भने ।
विद्यमान कर प्रशासनमा सुधार गर्ने हो भने सजिलै करको दायरा विस्तार गर्न सकिने शर्माको भनाई थियो ।

त्यस्तै अर्को प्रसङगमा अर्थमन्त्री शर्माले विकास खर्च शत प्रतिशत पु¥याउन सचिवहरूलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालय र अन्य विकासे मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्री शर्माले हरेक वर्ष विकास बजेट खर्चको अवस्था दयनीय भएको र असारे विकासको क्रम नरोकिएको भन्दै असन्तुष्टि जनाएका हुन् । काम गर्दै गर्दा आइपरेका जस्तासुकै समस्या समाधानका लागि पनि आफूले साथ र सहयोग गर्ने तर खर्च नहुने अवस्था अन्त्य हुनैपर्ने अर्थ मन्त्री शर्माको भनाइ छ ।

सचिवहरूले प्राकृतिक विपत्ति, विकास आयोजनामा दक्ष जनशक्तिको अभाव, अध्ययनविना आयोजनामा रकम विनियोजन हुनु, ठेक्का आह्वानमा समस्या, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहणमा समस्या लगायतका कारण लक्ष्यअनुसारको खर्च गर्न नसकिएको बताए ।
सचिवहरूका कुरा सुनेपछि अर्थ मन्त्री जनार्दन शर्माले विकास बजेट खर्च गर्न भइरहेका समस्या र समाधानका उपाय पेस गर्न निर्देशन दिँदै नयाँ सोच र जोसका साथ काममा लाग्न सुझाव दिए ।