July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

साउन ५, काठमाडौं ।

साउदी अरेबियाले कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ। कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ।

यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो। साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन्।