July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

सहकारीका कर्मचारीलाई खोपमा प्राथमिकता : गृहमन्त्री खाण

सहकारीका कर्मचारीलाई खोपमा प्राथमिकता : गृहमन्त्री खाण

साउन ५, काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिने व्यवस्थाका लागि आवश्यक पहल गर्ने बताएका छन्। राष्ट्रिय सहकारी महासंघको टोलीसँग मंगलबार बिहान भएको भेटमा उनले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिने व्यवस्था गरिने बताएका हुन्।

बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने  उनले उल्लेख गरे । राष्ट्रिय सहकारी महासंघका सल्लाहकारसमेत रहेका गृहमन्त्री खाणले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने पनि बताए। उनले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताए।

भेटमा महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।