July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

कोरोना विरुद्धको खोप लिन निगमको जहाज चीन जादैँ

कोरोना विरुद्धको खोप लिन निगमको जहाज चीन जादैँ

साउन ६, काठमाडौं ।

कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको बाइडबडी आज चीन जाँदै छ। खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज राति चीन प्रस्थान गर्ने जहाज खोप लिएर भोली (बिहीबार) दिउँसो २ बजे नेपाल आइपुग्ने कार्यतालिका छन्। त्यसैगरी भोली राति ११ बजे फेरि सोही जहाज बाँकी खोप लिन चीन जाने भएको छ ।

चीनसँग नन् डिस्क्लोजर एग्रीमेन्ट अन्तर्गत अब ३२ लाख डोज खोप आउन बाँकी छ। खरिदको उक्त खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ। हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो। पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ। गएको असार २५ गते आठ लाख मात्रा खोप नेपाल ल्याइएको थियो।